लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ मंसिर,अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)ले आफ्नो वेभसाइटमा भारतीय पहाडको तस्वीर राखेर त्यसलाई सगरमाथा बताएकोमा सर्वत्र आलोचना भएपछि गल्ती सच्याएको छ । नासाले आफ्नो आधिकारिक वेभसाइटमा राखेको तस्वीरलाई अन्तरीक्षबाट खिचिएको माउन्ट एभरेष्ट भनिएको थियो । तर, उक्त तस्वीर भारतको काश्मिर क्षेत्रको काराकोरम हिम श्रृंखलाको सासेर मुजताग रहेको पत्ता लागेपछि नासाले आफ्नो साइटबाट हटाएको हो ।
नेपालबाट कुन्द दीक्षीतले ट्वीटरमार्फत् उक्त तस्वीर सगरमाथा नभएको रहस्य खोलेपछि एक अमेरिकी अन्तरिक्ष यात्रीले सो तस्वीर सगरमाथा नभएर भारतको सासेर मुजताग भएको बताएका थिए । सामाजिक सञ्जालबाट तथ्य पत्तो लगाएपछि नासाले आफ्नो गल्ती स्वीकार गर्दै सो तस्वीर हटाएको छ ।
यसबारे नासाका प्रवक्ताले स्पष्ट पार्दै भनेका छन्-यो सगरमाथा होइन । यो सासेर मुजताग हो, जुन भारतको काश्मिर क्षेत्रको काराकोरम श्रृंखलामा पर्छ ।
No comments:
Post a Comment