लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनजाति नेताहरुको एक समूहले आज नयाँ पार्टी घोषणा गरेको छ ।
एमालेबाट छुट्टीएका नेताहरुको अगुवाइमा अशोक राई नेतृत्वमा पार्टी घोषणा भएको एक महिनापछि आज फेरी राई नेतृत्वमा असन्तुष्ट रहेका जनजाति अगुवाहरुको नेतृत्वमा सामाजिक लोकतान्त्रिक पार्टी घोषणा भएको हो ।
७ सदस्यीय अध्यक्ष मण्डल सहित ६३ सदस्यीय समिति रहेको नयाँ पार्टीको नाम सामाजिक लोकतान्त्रिक पार्टी राखिएको छ । यसअघि अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी घोषणा भएको थियो ।
सामाजिक लोकतान्त्रिक पार्टीमा चैतन्य सुब्बा, पासाङ शेर्पा, कृष्ण भट्टचन, कुमार राई, महेन्द्र लावती लगायत सहभागी छन् । काठमाडौंको चावहिलस्थित एउटा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टीको घोषणा गरिएको हो ।
No comments:
Post a Comment