News

Dec 18, 2012

लिम्बुवानको शान्तिनगर झापामा लिम्बुवानी जनसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
झापा (लिम्बुवान) ३० मंसिर २०६९,मुलुक शून्यता र अन्यौलतामा रुमलिँदा पनि लिम्बुवान नसुतीकन जीवीत र जागै रहेको भन्दै मंसिर ३० गते झापाको शान्तिनगरमा लिम्बुवाानको जनसभा सम्पन्न भयो । जनसभाका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले सभालाई सम्बोधन गर्ने क्रममा लिम्बुवानको आन्दोलन जारी रहेको भन्दै कांग्रेस, एमाले र माओवादीहरुले संविधान सभाको भङ्ग गरी जनघाती, धोकबाजी गरेकोले एक विशाल वनभोजको ओयोजना गरेर ती दलका नेताहरुले ती एकात्मक दलहरु विघटन भएको घोषणा गर्दा राम्रो हुने धारणा राख्नु भयो । मुलुक शून्यता र अन्यौलतामा रुमलिएको अवस्थामा पनि लिम्बुवान नसुतीकन जीवीत र जागै रहेको भन्दै अध्यक्ष मिराकले कांग्रेस, एमाले र माओवादीहरुले अहिले चुनावको कुरा गर्नु हास्यास्पद कुरा भएको बताउनु भयो । वहाँले उनीहरुले साँच्चै नै चुनाव नै गर्न चाहेको भए ६ सय एक जना सभासदबीच जेठ १४ भित्र चुनाव गराउनचाहिँ किन डराएको भनी प्रतिप्रश्न गर्नुभयो । अध्यक्ष मिराकले थप भन्नुभयो– ‘‘यसरी उनीहरु संविधान सभाभित्र चुनाव गराउन डराएकाले नै संविधान सभा भङ्ग भएको हो ।’’ वहाँले थप भन्नु भयो– ‘‘अहिलेसम्मको आन्दोलन पहिचानको आन्दोलन भएकोले यो लिम्बुवान आन्दोलन विखण्डनको लागि नभई आफ्नो राज्य आफैले चलाउन पाउनुपर्छ भनेको हो ।’’ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले जनसभालाई सम्बोधन गर्ने क्रममा संविधान सभा भङ्ग हुनुको मुख्य कारण संघीयता र लिम्बुवान कायम हुन नदिनको लागि भएको बताउनु भयो । वहाँले संविधान सभा भङ्ग गर्दा भङ्ग गर्ने ३ दलका शीर्ष नेताहरु आफै पनि असफल भएको दावी गर्नुभयो । साथै, मुलुक यसरी दिशाहीन अवस्थामा पुग्नुको मुख्य कारण पनि उक्त ३ दल नै रहेको बताउनु भयो । देशलाई सही मार्गमा लैजानको लागि पुनः पनि संविधान सभाको चुनाब गरेरमात्र बिग्रिएको कुरालाई सच्याउन विचार राख्दै महासिव माखिमले त्यसको लागि पुनः संविधान सभाकै चुनाव हुनुपर्ने बताउनु भयो । त्यसमा पनि छ सय एक नै सभासद हुने व्यवस्था हुनुपर्ने भन्दै त्यसमा कलिकति पनि कम गरिएमा र ३ प्रतिशत मत पाएमा मात्र राष्ट्रिय पार्टी हुने व्यवस्था भए सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताउनु भयो । महासचिव माखिमले अब भने संविधान सभामा दलका नेता नभई सभासदहरु निर्णायक हुने व्यवस्था हुनुपर्ने कुरमा जोड दिनुभयो । झापाको शान्तिनगरस्थित् बर्ने माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त विशाल लिम्बुवानी आमसभा गर्नुको प्रमुख उद्देश्य नेपालमा एकात्मकवादी चिन्तन हाबी भएका केही नेताहरुका कारण आत्मनिर्णयको अधिकारसहितको संघीय गणतान्त्रिक धर्म निरपेक्ष नेपालको परिकल्पना सफल हुन नसकिरहेको बिकराल स्थितिलाई यथासक्दो सम्बोधन गर्न जोडदार माग गर्दै यो आमसभा आयोजना गरिएकोे आयोजक परिषदले जनाएको छ । सभमा केन्द्रीय उपाध्यक्षद्वय ज्ञानबहादुर गुरुङ र ज्ञानु इम्बुङ; के. लिम्बुवानका महासचिव तथा एलभी कमाण्डर फक्ताङलुङ योङहाङ, केन्द्रीय महिला परिषद अध्यक्ष शान्ता योङहाङ, केन्द्रीय सदस्य, प्रेम घिमिरे, वैकल्पिक केन्द्रीय सदस्य दिलकेशर थापा, राष्ट्रिय पार्षद भानु भट्टराई, झापा जिल्ला अध्यक्ष मान बहादुर सावा, संघीय धिमाल स्वायत्त परिषदका मातृका धिमाल, राष्ट्रिय पार्षद भक्त खेवाङ र महिला नेतृ निश्चलता लावती लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम शुरुहुनु अघि अतिथतिहरुलाई कार्यक्रमस्थलमा स्वागत गर्दै ¥याली समेत गरिएको थियो सो जनसभा मञ्चसम्बद्ध शान्तिनगर गाउँ परिषदका अध्यक्ष बुद्ध माबोको अध्यक्षता र सचिव चन्द्र माबोको उद्घोषमा सम्पन्न भएको थियो । – डीबी आङ्बुङ लिम्बू, लिम्बुवान

No comments: