News

Dec 21, 2012

बिश्व ध्वस्त हुन्छ भन्दै हल्ला फैलाउने एक हजार पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बिश्व ध्वस्त हुन्छ भन्दै हिँड्ने सयौँ व्यक्तिलाई चिनमा प्रहरिले पक्राउ गरेको छ । प्रहरीले दक्षिणपश्चिमी प्रान्त गुइझाउमा अलमाइटी गडका करिब ३५० सदस्य पक्राउ गरेको र उत्तरपश्चिमी किनघाइ प्रान्तमा ४०० व्यक्तिलाई गैरकानुनी रूपमा भेला भएको भएको अवस्थामा पक्राउ गरिएको उल्लेख गरेको छ । यस समुदायका सानो सङ्ख्याका व्यक्तिहरूलाई चीनभर पक्राउ गरिएको बताइएको छ । अलमाइटी गड समूहले शुक्रबारदेखि तीनदिनसम्म अन्धकार छाउने बताउँदै तथा आफ्ना सदस्यहरूलाई सत्ताधारी कम्युनिस्ट पार्टीलाई हटाउन आग्रह गरेका छन् । उनीहरूले कम्युनिस्ट पार्टीलाई ठूलो रातो ड्रागनको रूपमा सङ्केत गरेको राज्यद्वारा सञ्चालित ग्लोबल टाइम्सले समाचारमा उल्लेख गरेको छ । ग्लोबल टाइम्सले यस समूहले नयाँ युगमा महिला यसुले शासन गर्ने र विश्वलाई सुनामी तथा भूकम्पले तहसनहस गर्ने विश्वास गरेको पनि उल्लेख गरेको छ । चीनमा महाप्रलयको भविष्यवाणीको हल्ला व्यापक रूपमा फैलिएको छ । हलिउडमा तयार भएको महाप्रलयसम्बन्धी चलचित्र ‘‘२०१२’’ का कारण पनि यो हल्ला व्यापक भएको हो जसमा चीनका विषयमा पनि देखाइएको छ । यो चलचित्र माया सभ्यताको भविष्यवाणीबाट प्रभावित छ । चाइन युथ डेलीले अलमाइटी गडका महिला सदस्यहरूले पुरुषलाई आकर्षण गर्न यौनआकर्षण उपयोग गरेको आरोप लगाएको छ । यो समूह सन् १९९० मा स्थापना भएको हो र हालसम्म यो सरकारको दृष्टिबाट बाहिर परेको छ । त्यसै पनि चीन सरकार अनधिकृत धार्मिक समूहप्रति सहिष्णु छैन ।

No comments: