News

Dec 18, 2012

लिरामोको चासोक चियापान सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
थिवोङशा/रविन लिङदेन, हङकङ, १७ डिसेम्वर,किरातीहरुको राष्ट्रिय महान चाड चासोक ५०७२ (किरात उधौंली पर्व) लिम्बुवान राष्ट्रिय मोर्चाले चियापान समारोहको आयोजना गरि हङकङमा मनाएको छ । आइतवार याक एण्ड एती रेष्टुरेण्टमा भएको समारोहमा लिम्बुवान स्वायत्त राज्यको स्थापनाको कामना चासोकको अवसरमा मोर्चाको केन्द्रिय अध्यक्ष दिल पालुङवाले गरेका थिए । उनले सवैलाई सुस्वास्थय, दिर्घायु एवम सम्पन्नताको कामना गरे । लिम्बुवान स्थापनाको निम्ति लागि परिरहेको वताउदै आफ्नो कमिटि भित्र र संसार भरि छरिएर रहेका लिम्बुवानवासीहरुलाई पालुङवाले सौहार्दता ब्यक्त गरे । किरात याक्थुङ चुम्लुङ हङकङको निर्वतमान अध्यक्ष कृष्णराज लावतीले चासोकको शुभकामना व्यक्त गर्दै चाडैंनै लिम्बुवान स्थापनाको लागि जस्तो सुकै संघर्ष गर्न पनि लिम्बुवानवासी र संसार भरिको संघियतावादी हरु पछि नपर्ने वताए । आदिम कालदेखि लिम्बुवानमा व्यापक रुपले मंसिर पूर्णीमा चासोक तङनाम(न्वांगी चाड) को रुपमा मानाउने चलन रहेको छ । कृषी युगको शुरुवात देखि मान्न थालिएको यो चाडमा लिम्वुहरुको आदिम पूर्खा सावा येत्हाङहरुले उनीहरुको चेली सिवेरा याक्थुङमा सिवेरा यावुङकेक्माले पहिलो अन्न रोपि फलाएर खुवाएको खुसियालीमा उनलाई आसिर्वाद दिदैं मनाएका थिए । त्यहि खुसियाली लिम्बुवानमा चासोक तङनामको रुपमा मनाउदै आएको तथ्य पाईन्छ । यस चाडमा एकापसमा रिसईवी नहोस । सधैं सौहार्दता होस । सुस्वास्थ्य तथा सम्पन्नता होस् । आफुले सोचेको पुगोस भन्ने कामना गरिन्छ । किरातीहरुले आदिम कालदेखि मंसिर पूर्णेको अवसरलाई उधौंली पर्वको रुपमा मनाउदै आएको छ । उधौंली पर्व चासोक तङनाम(न्वांगी चाड)लाई राष्ट्रिय पर्वको रुपमा आफ्नो महान राष्ट्रिय चाडको रुपमा मनाउदै आएको पाइन्छ । तथापी, नेपाल एकिकरण संगैं हिन्दु बाहेक अन्य समुदायको दमन संग–संगै यस्ता चाडहरु ओझेल पर्दै गएको थियो । नेपालमा प्रजातन्त्र स्थापना पश्चात अत्याधिक रुपमा अघि वढेको महान राष्ट्रिय चाड किरातीहरुको समुदाय भित्र संसार भरिनै मनाइने गरिन्छ भने नेपाल सरकारबाट राष्ट्रिय चाडको रुपमा मान्यता प्राप्त भएको छ । लिम्वुवानको राष्ट्रिय महान चाडमा लिरामोले सद्भाव तथा सौहार्दता कायम रहोस र आफ्नो मनोकामना पुगोस भन्दै शुभकामना व्यक्त गर्दै विगत केहि वर्षदेखि हङकङमा चासोकको अवसरमा चियापान कार्यक्रम गर्दै आईरहेकोछ । मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वुले अध्यक्षता गरेको कार्यक्रम सचिव सुरेश सुव्वाले संचालन गरेका थिए । कार्यक्रमको अवसरमा चासोक सुभकामना उपस्थि विभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुले ब्यक्त गरेका थिए ।

No comments: