News

Dec 30, 2012

राष्ट्रपतिद्वारा पुन: पाँच दिनको म्याद थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि दलहरुलाई पुन: पाँच दिनको म्याद थप गरेका छन् । आज बिहान प्रमुख तीन राजनीतिक दल र मधेशी मोर्चाका शीर्ष नेताहरुसँगको भेटमा उनीहरुले थप पाँच दिनको समय मागेपछि राष्ट्रपतिले म्याद थप गरेका हुन् । दलहरुले सहमतिको प्रयास भईरहेको भन्दै राष्ट्रपतिसँग पुन: पाँच दिनको समय माग गरेका थिए । प्रमुख चारदलका शीर्ष नेताहरुले पहिलो चरणमा सहमति गर्ने र दोस्रो चरणमा त्यसको कार्यान्वयन गर्ने गरी अब थपिने समयमा सहमति जुटाउने प्रतिबद्धता समेत जनाएका छन् । राष्ट्रपति कार्यालयबाट म्याद थपबारे जारी विज्ञप्ति ।

No comments: