News

Dec 4, 2012

गायक भुपेन्द्र योङयाको गाउँमै तन्नेरी सिडी विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 सन् २०१२ डिसेम्बर १ शनिबारका दिन हङकङस्थित याउ मा तेर्इको हिन्सको सभाहलमा गायक भुपेन्द्र योङया (साक्थिम) को पहिलो लोक जुहारी एल्बम किरात याक्थुङ चुम्लुङ हङकङको संयोजनमा विमोचन सम्पन भएको छ । विमोचन कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष त्रिभुवन लम्फुङा लिम्बू,प्रमुख अतिथीमा हङकङ नेपाली महासंघको अध्यक्ष प्रदिप थापा,बिशेष अतिथीमा बरिष्ठ संगीतकार दिनेश सुब्बा र अतिथीहरुमा रिता गुरुङ,कृष्णराज लाओती,सुमित खडका,जे.बी.ओख्राबु,हस्त लिवाङ,प्रताप रार्इ,टंक सम्वाहाम्फे र खगेन्द्र लाओतीलार्इ आशन गराइएको थियो । अध्यक्ष,प्रमुख अथिती र बिशेष अथितीको बाहुलीबाट सीडी विमोचन गरिएको थियो । संगितकार दिनेश सुब्बाले बिशेष अथितिको आशाबाट भन्नुभयो - मैले गायक भुपेन्द्र योङयासंग गीतकार टंक सम्वाहाम्फेको गीतमा संगै काम गर्ने अवशर पाएको छु । त्यसैले उनी गायनमा मात्र नभएर संगीत पक्षमा पनि उतिक्कै राम्रा छन् । आउदा दिनहरुमा पनि अझ राम्रो काम गर्दै जाने सल्लाह सुझावका साथ एल्बम सफलताको कामना गर्नु भयो । प्रमुख अथिती प्रदिप थापाले पनि एल्वमको सफलताको कामना गर्नु भयो । गायकले आफ्नो भनाई राख्ने क्रममा कार्यक्रममा उपस्थित सम्पूर्ण धन्यवाद दिदै सीडी निर्माण सहयोग गर्ने सम्पूर्णलाई एकमुष्ट धन्यवाद दिनु भयो । सिडीको सबै गीतको लय शब्द तथा संकलन पनि आफ्नै भएको जानकारी दिएका थियो । सूर्यदिप लाओती,माण्डवी त्रिपाठी,जुना प्रसार्इ र आभा मुकारुङसंग स्वराकनमा साथ दिएका छन् । एल्वम बिक्रीबाट आएको आधा रकम अनाथ बालबालिकाको सहयोगार्थ दिने कुरा पनि बताउनु भयो । एल्बमको टार्इटल गीत गाउँमै तन्नेरी बोलको गीतमा हङकङका नृत्यकार धिरज लिम्बू र सुकु लिम्बूले नृत्य प्रस्तुत गरेका थिए । स्वागत मन्तब्य फिल्म निर्देशक मौसम इम्बुङले गर्नुभएको थियो भने कार्यक्रम गायक राजु आङदेम्बेले सञ्चालन गरेका थिए ।

No comments: