News

Dec 3, 2012

खुमबहादुरको फैसला पुनरावलोकन नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१८ मंसिर,सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर भई कैद सजाय भोगिरहेका पूर्वमन्त्री खुमबहादुर खड्काको फैसला पुनरावलोकन नहुने फैसला सुनाएको छ । फैसला पुनरावलोकको माग गर्दै परेको निवेदनमा सुनुवाई गर्दै प्रधानन्यायाधीश खिलराज रेग्मी, न्यायाधीश गिरिसचन्द्र लाल र भरतबहादुर कार्कीको पूर्ण इजलासले सर्वोच्चको फैसला नै अन्तिम भएको भन्दै पुनरावलोकनको माग खारेज गरेको हो । इजलासले धरौटी राखेर तारेखमा छोड्न गरेको माग पनि खारेज गरेको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । सर्वोच्चले साउन ३० गते खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७५ हजार जरिवाना र त्यती नै विगोको फैसला सुनाएको थियो । खड्कालाई भदौ ६ गते जेल चलान गरिएको थियो । अख्तियारले दावी गरेभन्दा बढी रकम फैसलामा देखाइएको र अन्य भ्रष्टाचारको मुद्धामा अख्तियार गरिएका नजिर भन्दा फरक नजिर लगाइएको भन्दै खड्काको तर्फबाट अधिवक्ता बालकृष्ण नेउपानले असोज २३ गते सर्वोच्चमा निवेदन दिनु भएको थियो ।

No comments: