News

Dec 6, 2012

फिलिपिन्समा समुद्री आँधीका कारण हजार बढीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फिलिपिन्सको मिन्डानाओ टापुमा मंगलबार बिहान आएको बोफा नामक समुद्री आँधीमा परी एकसय भन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण देशका कयौं भागमा जनजीवन अस्तब्यस्त बनेको छ । समुद्री आँधीको प्रभाव क्षेत्र ठूलो रहेकाले हताहतीको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले बताएका छन् । बिबिसीले जनाए अनुसार आँधीले दक्षिणी फिलिपिन्सका अधिकांश शहरका घरहरु भत्केका छन् । त्यस्तै, आँधीको खतराबाट बाच्नको लागि ८७ हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । फिलिपिन्सको मिन्डानाओ टापुमा २ सय १० किलोमिटर प्रतिघण्टाको गतिमा आएको बोफा आँधी आज पशचिमी क्षेत्र पलावानतर्फ गइरहेको बताइएको छ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा गत वर्ष वासी नामक आँधीका कारण १ हजार ५ सय भन्दा बढी मानिसको मृत्यु भएको थियो।

No comments: