News

Dec 26, 2012

सिन्जो आवे जापानको नयाँ प्रधानमन्त्री चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
टोकियो- , पुस ११ - सिन्जो आवे जापानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । जापानको तल्लो सदन डायटले बुधबार उनलाई जापानको प्रधानमन्त्री निर्वाचित गरेको हो । डेढ साताअघि भएको आम निर्वाचनमा उनको दल लिबरल डेमोक्रेटिक पार्टीले संसदमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । नयाँ निर्वाचनपछि बुधबार बसेको संसदको तल्लो सदन डायटको पहिलो अधिवेशनले उनलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको औपचारिक जानकारी गराइएको छ । आवे यसअघि पनि छोटो कार्यकालका लागि प्रधानमन्त्री थिए । संसदको तल्लो सदनमा भएको निर्वाचनमा आवेको पक्षमा ३ सय २८ र डेमोक्रेटिक पार्टीका नयाँ नेता बान्री केइदाको पक्षमा ५७ मत परेको थियो । लिबरल डेमोक्रेटिक पार्टी नेता ५८ वर्षीय अबे जापानका एक वरिष्ठ राजनीतिज्ञ हुन् । जापानमा नयाँ आर्थिक सुधार र चीनसँगको सम्बन्ध विस्तारको एजेण्डासहित आवे निर्वाचनमा गएका थिए । उनले जापानको आर्थिक मन्दीको उकास्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । यसैबीच निवर्तमान प्रधानमन्त्री योसिहिको नोदाले बुधबार नै राजीनामा दिएका छन् । नोदाको राजीनामापछि संसदको तल्लो सदनमा बुधबार आवेको नाम प्रस्ताव गरिएको थियो । नोदाको दल डेमोक्रेटिक पार्टीले एक साताअघि भएको चुनावमा पराजय भोगेको थियो । पराजयपछि उनले पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए । ४ सय ८० सीटका लागि भएको निर्वाचनमा आवेको दल लिबरल डेमोक्रेटिक पार्टीले २ सय ९४ सीटसहित भारी बहुमत ल्याएको थियो ।

No comments: