News

Dec 7, 2012

जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा शुक्रबार ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ७.३ म्याग्निच्युड मापन गरेको छ । राजधानी टोकियोसम्म भूकम्पको झड्का महसुस गरिएको बिबिसीले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । जापानको स्थानीय समयअनुसार साँझ ६ बजे सुनामी आउनसक्ने चेतावनी दिइएको छ । इवाते, फुकुसिमा र ओमोरी क्षेत्रमा पनि सुनामी आउनसक्ने बताइएको छ । तर अमेरिकी भूगर्भविभागले भने सुनामी आउने सम्भावना अति कम रहेको वताएको छ । गत वर्षको मार्च ११ मा मियागी क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परि १५ हजार भन्दा बढीको ज्यान गएको थियो । भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण आइसकेको छैन ।

No comments: