लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ मंसिर,एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको समयसीमा बढाउन फेरि राष्ट्रपति रामबरण यादब समक्ष आग्रह गर्नुभएको छ ।
आज विहान शीतल निवासमा भेट्न जानुभएका प्रचण्डले अहिलेसम्म दलहरुबीच अहिलेसम्म भएको छलफलको जानकारी गराउँदै प्राप्त उपलब्धीका विषयमा राष्ट्रपतिसँग छलफल गर्नुभएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।
उहाँले राष्ट्रपतिलाई अहिले दलहरुबीच औपचारीक छलफल नभएको र अनौपचारिक छलफल धेरै भएकोले आजको दिनभरमा निकास निकाल्ने तयारी भएको जानकारी गराउनुभएको थियो ।
आजको छलफलमा पनि निकास ननिस्किए केही दिन म्याद थप्न प्रचण्डले आग्रह गर्नुभएको थियो ।
No comments:
Post a Comment