News

Dec 26, 2012

हङकङमा राजन मुकारुङको ‘दमिनी भीर’ विमोचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, २६ डिसेम्बर। सिर्जनशील अराजकता साहित्यिक अभियानका अभियन्ता तथा कवि-साहित्यकार राजन मुकारुङका नयाँ कृति ‘दमिनी भीर’ हङकङमा विमोचन भएको छ। चाइवानस्थित आईकेटीएम कलेजमा मंगलवार सम्पन्न साहित्य गोष्ठी तथा भूपीजयन्तीको अवसरमा मुकारुङका उपन्यास दमिनी भीरलाई हङकङ नेपाली साहित्य परिषदका अध्यक्ष पशन तमू , नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे र सिर्जनाशील साहित्य समाज हङकङका अध्यक्ष हाङ युग अज्ञातले संयुक्तरुपमा विमोचन गरेका हुन्। मुकारुङका नयाँ उपन्यास दमिनी भीरसहित सात कृति प्रकाशित भएका छन्। किरात राई यायोक्खा काठमाडौंका निवर्तमान अध्यक्ष मुकारुङ २ लाख ५ हजार ५ सय ५५ रुपैयाँसहित धरानमा सम्पन्न सातौं यायोक्खा अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मानित भइसकेका छन्। नेपालबाट पहिलो पटक हङकङ आएका मुकारुङले हङकङबाटै आफ्नो दमिनी भीर सार्वजनिक गरेका हुन्। उपन्यास दमिनी भीरमा लेखनको परम्परागत ढाँचालाई तोड्ने प्रयास गरेको बताउने मुकारुङले २०५८ सालदेखि संविधानसभा विघटनसम्मको संक्रमणकालीन नेपालको असहज अवस्थाको चित्रण गरेको बताए।

No comments: