News

Dec 1, 2008

दुइ न्यायिक आयोग सरकारले गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धादिङको मलेखुबाट अपहरणपछि हत्या गरिएका स्युचाटारका निर्मल पन्त र पुष्कर डंगोल तथा ताहाचलका आशिष मानन्धर र रीतेश रौनियारको हत्याका बारेमा छानबिन गर्न सरकारले आइतबार छुट्टाछुट्टै न्यायिक आयोग गठन गरेको छ। सरकारले पन्त र डंगोलको हत्याका बारेमा छानबिन गर्न सर्वोच्च अदालतका पूवन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा एआईजी रवीन्द्रप्रताप शाह र सहन्यायाधिवक्ता ऋषिराम दवाडी सदस्य रहेको आयोग गठन गरेको छ ।त्यसै गरी मानन्धर र रौनियारको हत्याको जाँचबुझ गर्न पुनरावेदन अदालतका पूवन्यायाधीश बोधरीराज पाण्डेको अध्यक्षतामा एआईजी कृष्णप्रसाद श्रेष्ठ र सहन्यायाधिवक्ता प्रेमराज कार्की सदस्य रहेको आयोग गठन गरेको छ।

No comments: