News

Dec 1, 2008

चितवनमा अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पश्चिम चितवनको मेघौलीमा आइतबारदेखि अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता सुरु भएको छ ।विश्वमै नेपालमा मात्र आयोजना हुने हात्तीपोलोको यो २७औं संस्करण हो । पहिलो दिन आइतबार मैत्रीपूर्ण खेलहरू सम्पन्न भए । प्रतियोगिताको उद्घाटन सोमबार मेघौलीको हवाई मैदानमा हुनेछ ।प्रतियोगितामा नेपालसहित आठ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतिस्पर्धामा भिड्नका लागि स्कटल्यान्डको सिभास रिगल, आइसल्यान्डको टाइगर टप्स टस्कर्स, बेलायतको पक्काचक्काज, भारतको इन्डियन टाइगर्स, अस्ट्रेलियाको इयरटस्कर्स एलिफेनट पोलो, अमेरिकाको न्युयोर्क ब्लु पूर्ण तयारीका साथ नेपाल आएका छन् । यसैगरी, नेपालको चितवन राष्ट्रिय निकुञ्ज तथा नेपाली गोर्खा सैनिकहरूको बि्रटिस गोर्खा टोली पनि प्रतियोगितामा सहभागी हुँदै छन् । यो खेलमा दुई समूह बनाई हात्तीमाथि चढेर लठ्ठीले बललाई सकेसम्म छिटो पोस्टमा छिराएर खेलिन्छ । प्रतियोगितामा सहभागिताका लागि एक समूहले एक लाख रुपैयाँ बुझाउनुपर्ने आयोजकले जानकारी दिएका छन् । खेल हेर्नका लागि विभिन्न देशका पर्यटकहरूको यतिवेला मेघौलीमा घुइँचो लागेको छ । ग्रामीण क्षेत्र भए पनि हात्तीपोलोका कारण सो भेगका साना-ठूला सबै होटल पर्यटकले भरिएका छन् ।

No comments: