News

Dec 7, 2008

संघीय लिम्बुवान परिषदले गरेको बन्दका कारण जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरी नियन्त्रणमा रहेको आफ्ना कार्यकर्ताको रिहाइ माग गर्दै संघीय लिम्बुवान परिषदले गरेको बन्दका कारण मेची अञ्चलको जनजीवन प्रभावित भएको छ । मंसिर १८ गते पक्राउ परेका आफ्ना कार्यकर्ता सागर लामाको रिहाइ माग गर्दै परिषदले गरेको बन्दका कारण झापा, इलाम, पांचथर र ताप्लेजुङमा यातायातका साधन चल्न सकेको छैन ।बन्दका कारण शिक्षण संस्था, बजार उद्योग कलकारखाना नचल्दा मेची अञ्चलको जनजीवन प्रभावित भएको छ । यसैबीच सरकारले तोकेको तलव सुविधाको माग गर्दै चिया मजदुरहरुले गरेको प्रदर्शनका कारण आइतबार बिहानैदेखि मेची राजमार्गमा अवरुद्ध भएको छ ।

No comments: