News

Dec 5, 2008

बस दुर्घटनामा छजनाको मृत्यु १५ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखाको नारेश्वरमा शुक्रबार भएको बस दुर्घटनामा छजना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा निबेल प्रावि, मसेलका शिक्षक क्षेत्रबहादुर श्रेष्ठको मात्र सनाखत भएको छ भने अन्य पाँच जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।मसेल गाविसको निबेल बजारबाट गोरखा सदरमुकाम जाँदै गरेको ग१ख १०११ नम्बर यात्रुबाहक बस नारेश्वर गाविस-७ को तल्लो आहाले भन्ने स्थानमा सडकबाट करिब सयमिटर तल खसेर दुर्घटना भएको नारेश्वर गाविसका सचिव नन्दलाल तिवारीले बताउनुभएको छ । घाइतेमध्ये पाँच जनाको स्थिति चिन्ताजनक रहेको र उनीहरूको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

No comments: