News

Dec 5, 2008

इन्धन मूल्य घटाउन इन्सेकको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले नेपाल सरकारले इन्धनको विक्रीमा सातदेखि ६६ प्रतिशत मुनाफा लिएकोमा त्यसको औचित्यता सहित सूचनाको हक दिन र तत्काल मूल्य घटाउन माग गरेको छ । विज्ञप्ति जारी गरी इन्सेकले यस्तो माग गरेको हो ।विज्ञप्तीमा जनताको दैनिकीलाई अत्यावश्यक पर्ने र सबै वस्तुको ढुवानी शुल्क थपिएर महङ्गीको मारमा परेका जनतालाई राहत दिनुपर्ने सरकार स्वयम् व्यापारको एकाधिकारको दुरुपयोग गर्दै ६६ प्रतिशत मुनाफा जबर्जस्ती उठाउन तम्सनुले जनताको अधिकार उपर निरङ्कुश शोषण भएको जनाइएको छ । इन्सेकले हाल सरकारले पेट्रोल बिक्रीबाट प्रतिलिटर ४४.५ प्रतिशत मुनामा लिएको र सरकारले पेट्रोलको प्रतिलिटर रू. ८५ तोकेपनि सोको परल मूल्य रू. ५९ रहेको जनाएको छ । यस्तै हाल तोकेको डिजेलको मूल्य प्रतिलिटर रू. ६० रहेकोमा सोको परल मूल्य रू. ५६ रहेको, जसबाट ७.१५ प्रतिशत मुनाफा लिने गरेको छ भने मट्टटिेलको प्रति लिटर रू. ६० रहेकेामा सोको परल मूल्य रू. ५५ र मुनाफा ९.०९ प्रतिशत लिएको जनाएको छ ।

No comments: