News

Dec 4, 2008

चिनियाँ प्रधानमन्त्रीको निम्तो प्रधानमन्त्री प्रचण्डलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री याङ जेइचीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’सँग भेट गर्नुभयो। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सो भेटमा चिनियाँ प्रधानमन्त्री वेन जियावाओको निम्तो प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ विदेशमन्त्रीले हस्तान्तरण गर्नुभएको थियो।भेटवार्तामा विगतमा नेपाललाई सहुलियत दरमा उपलब्ध गराउने २० करोड अमेरिकी डलर ऋण सहयोग प्रस्ताव पुनः शुरू गरिने विदेशमन्त्री जेइचीले प्रतिबद्धता व्यक्त गर्नुभयो।सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालमा कुनै पनि प्रकारको चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हीराबहादुर थापाका अनुसार प्रधानमन्त्रीले नेपालमा हुने शान्ति र समृद्धिले चीनको स्थायित्वमा बल पुग्ने बताउँदै नेपालमा आर्थिक लगानी प्रवर्द्धन गर्न र चिनियाँ पर्यटक नेपालमा भित्र्याउन चीनको सकारात्मक सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो।

No comments: