News

Dec 4, 2008

पेट्रोलियमको मूल्य पुन घटाइयो प्रति लिटर पांच रुपियाँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेट्रोल, डिजेल र मट्टतिलको मूल्यमा प्रति लिटर पांच रुपियाँ घटेको छ । सरकारले अन्तरराष्ट्रिय बजार मूल्यलाई आधार मानी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा इन्धनको मूल्य घटाएको बताएको छ ।नेपाल आयल निगम सञ्चालक समितिको बुधबारको बैठकले कच्चा तेलको मूल्यमा आइरहेको भारी गिरावटलाई ध्यानमा राखी जनतालाई यथाशक्य राहत दिने उद्देश्यका साथ बुधबार राति१२ बजेदेखि लागु हुने गरी यस किसिमको मूल्य समायोजन गरिएको हो । काठमाडौं उपत्यकाका हकमा मूल्य बढाइएका पेट्रोल र डिजेलको खुद्रा मूल्यमा ५० पैसा प्रदूषण नियन्त्रण शुल्क थपी खुद्रा मूल्य कायम गरिएको छ । डिजेलसंग समान मूल्य कायम गर्ने सरकारी नीतिबमोजिम मट्टतिेलको मूल्य काठमाडौं उपत्यकाका लागि प्रति लिटर रू.४।५० घटी रू.६०।५० मूल्य कायम भएको छ ।खाना पकाउने ग्यासमा हाल निगमले प्रति सिलिन्डर रू. ४२ घाटा व्यहोरिरहेको भन्दै घटाएको छैन । हवाइ इन्धनको मूल्यमा अन्तरराष्ट्रिय उडानतर्फप्रति लिटर अमेरिकी डलर १०० कम गरी साविकको एक हजार ३०० बाट घर्टाई एक हजार २०० डलर कायम गरिएको छ । आन्तरिक उडानतर्फ प्रति लिटर रू. ९५ बाट पाँच घर्टाई रू.९० कायम भएको निगमले जनाएको छ ।

No comments: