News

Dec 13, 2008

उपलब्धि रक्षाका लागि फेरि हतियार बोक्ने चेतावनी - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्राप्त राजनीतिक उपलब्धि खोसिने खतरा रहेको भन्दै उपलब्धि रक्षाका लागि फेरि हतियार बोक्ने चेतावनी दिनुभएको छ । राष्ट्रियतामा खतरा बढ्दै गएको भन्दै उहाँले जनता सचेत नभए मुलुक गुम्ने खतरा रहेको समेत उल्लेख गर्नुभयो । राजधानीमा आयोजित प्रगतिशील लेखक संघको कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।शाहहरुको हातबाट खोसिएको बन्दुक बीचमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले फर्किएर फेरि सामन्तवादीको हातमा गए जनताले फेरि बन्दुक बोक्ने अवस्था आउने चेतावनी दिनुभयो । यसअघि पनि प्रधानमन्त्रीले चेतावनीयुक्त अभिव्यक्ति दिंदै आउनुभएको छ । यसै साता चितवनमा उहाँले सत्ता सहयात्री दल, विपक्षी र विदेशी केही तत्वको असहयोगका कारण छोटो समयमा लोकप्रिय काम गर्ने सरकारको चाहना पूरा हुन नसकेको बताउनुभएको थियो । यस्तै अवस्था रहे पुसभित्र सरकारबाट बाहिरिने चेतावनी उहाँले दिनुभएको थियो ।यसैगरी काठटमाडौंमा उहाँले एक कार्यक्रममा राजनीतिक पार्टी, कर्मचारीतन्त्र रसुरक्षा निकायलगायत सबैमा यथास्थिति र प्रतिगमनको स्थिति कायम रहे 'एक्टि्रम' कदम चाल्नसमेत नडराउने सरकारको नेतृत्व रहेको भन्दै सरकारको नेतृत्वले क्रमभंग गर्ने स्थिति आउनसक्ने बताउनुभएको थियो ।

No comments: