News

Dec 13, 2008

नाङ्गो आँखाले पनि उल्का वर्षा देख्न सकिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आइतबार राति एक बजेदेखि बिहान सूर्योदय हुनु अघिसम्म दक्षिण पूर्व आकाशमा उल्का वर्षा देखिने भएको छ । नेपाल खगोलिय समाजले नाग-३२०० नामक क्षुद्र ग्रहका कारण हुने यो वर्षा आइतबार बिहान पौने ५ बजे अधिक मात्रामा नाङ्गो आँखाले पनि देख्न सकिने जनाएको छ ।पूर्णिमाको चन्द्रमाले गर्दा प्रतिघण्टामा देखिने उल्काको सङ्ख्या कम हुनेछ । त्यतिबेला प्रतिघण्टा ६० देखि १०० वटासम्म पहेंलो रङ्गको उल्का वर्षा हुने समाजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नाग-३२०० क्षुद्र ग्रहले सूर्यलाई एक दशमलब चार वर्षा परिक्रमा गर्दछ र त्यस क्रममा यसले आफ्नो कक्षमा छाडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठक्कर खाँदा जल्दछन् र यो उल्काका वर्षाका रुपमा देखिने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का प्राज्ञ एवम् खगोलविद् ऋषि शाहले बताउनुभयो ।उल्का वर्षाको गति प्रतिसकेण्ड ३५ कि.मी हुनेछ । यस्तो उल्का वर्षा हरेक वर्षयसै समयमा हुने गरेको प्राज्ञ शाहले बताउनुभयो । ती उल्का वर्षाको स्रोत जेमिनी तारामण्डलमा (मिथुन राशी) बाट निस्कने भएकाले यसलाई जेमिनिड मिटियर सावर पनि भनिन्छ ।

No comments: