News

Dec 5, 2008

बालबालिकालाई माओवादी शिविरबाट हटाउने प्रतिवद्धता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी शिविरमा रहेका र प्रमाणीकरण प्रक्रियाबाट नाबालिग ठहरिएका दुइ हजार ९७६ बालबालिकालाई शिविरबाट हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।नेपाल भ्रमणमा रहनुभएका बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि राधिका कुमारास्वामीले राजधानीमा पत्रकारसम्मेलन गरी प्रधानमन्त्रीको उक्त प्रतिबद्धताबारे जानकारी गराउनुभएको हो ।विशेष प्रतिनिधि कुमारास्वामीले प्रधानमन्त्री र अन्य मन्त्रीहरूसँग आफूले भेटवार्ता गरेको बताउँदै बालबालिकालाई शिविरबाट हटाउने काम आगामी फेब्रुअरी महिनासम्म पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारको यो प्रतिबद्धता विस्तृत शान्ति सम्झौताअनुरूप रहेको र यसले बालबालिका र सशस्त्र द्वन्द्वसम्बन्धी सुरक्षा परिषद्का सिफारिसहरूलाई पनि सम्बोधन गरेको धारणा राख्नुभयो ।

No comments: