News

Dec 5, 2008

मधेसी भाइरस किलर्स बिहीबार सप्तरीमा सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारको वार्ता आह्वानलाई सकारात्मक भन्दै तराईमा सशस्त्र संघर्षरत मधेसी भाइरस किलर्स बिहीबार सप्तरीमा सार्वजनिक भएको छ । सो समूह स्थानीय सुरक्षा निकायमा प्रमुख एवं सञ्चारकर्मीको उपस्थितिमा बिहान साढे ८ देखि ९ बजेसम्म सप्तरीको कंकालिनी मन्दिरमा सार्वजनिक भएको हो ।सार्वजनिक हुनेमा किलर्सका केन्द्रीय अध्यक्ष जयप्रकाश यादव जेपी, केन्द्रीय सैन्य कमान्डर अमरेन्द्र गोइत गौरव, केन्द्रीय सदस्य सुरेन्द्र गोइत र अग्नि छन् । सार्वजनिक भएलगत्तै किलर्सका अध्यक्ष जेपीले सरकारको वार्ता आह्वान सकारात्मक भएको बताए ।'सरकारले वार्ताको सार्वजनिक आह्वान गरेर सकारात्मक काम गरेको छ, अरू सबै कुरा वार्ताको टेबुलमा हुन्छ,' उनले भने । किलर्सलाई वार्ताको टेबलमा आउने वातावरण माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य ज्योति झाले गरेका हुन् ।किलर्स वार्ताका लागि सार्वजनिक हुनु सकारात्मक भएको टिप्पणी सप्तरीका प्रमुख जिल्ला अधिकारी रामलखन राय यादवले गरेका छन् । 'सरकारको आह्वानअनुसार भाइरस किलर्स वार्तामा आएको छ, गृह मन्त्रालयको निर्देशनअनुसार सुरक्षा प्रबन्ध मिलाउन म प्रतिबद्ध छु,' उनले भने । भाइरस किलर्स दुई वर्षअघि गठन भएको सशस्त्र समूह हो ।

No comments: