News

Dec 5, 2008

बोक्सीको आरोपमा निर्मम यातना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन महिनादेखि मानसिक सन्तुलन गुमाएकी दैलेखकी एक महिलालाई धामीझाँक्री र आफन्तले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । नारायण नगरपालिका-७ किमुगाउँकी गौरी खड्कालाई बोक्सी र देउताले पागल बनाएको भन्दै आफ्नै आमा, धामी बलबहादुर खत्री र स्थानीयवासीले कुटेका हुन् ।उनीहरूले गौरीलाई डोरीले बाँधेर कपाल लुछ्दै, तातो पन्युले मुख पोल्दै, सिस्नोपानी र दाउराले कुटेका थिए । कुटाइबाट गौरी गम्भीर घाइते भएकी छिन् । गौरीलाई स्थानीय गणेशचोकमा लगेर उनीहरूले कुटपिट गरेका थिए ।'ऐया मरेँ’ भन्दै कराइरहेकी गौरीमाथि चरम यातना दिइरहँदा कतिपय स्थानीयवासी मूकदर्शक बनेका थिए । आर्थिक स्थिति न्यून भएकी गौरी चार महिनाको छोरोसहित बेसहारा बनेकी छिन् । घाइते बनेकी गौरीलाई उपचारका लागि कसैले पहल गरेको छैन । आमा, झाँक्री र स्थानीयवासीले गौरीलाई बाँधेर बीचसडकमा लछारपछार गर्दै कुटे

No comments: