News

Dec 1, 2008

धनकुटा महोत्सवको नवौ दिन गायक राजेश पायल

लिम्वूवान डट व्लगस्पोट डटकम,राजेश रार्इ धनकुटा, १३ मंसीर
धनकुटामा धेरैपल्ट ठुला नेताहरुको उपस्थितीमा गाउँ गाउँदेखी जनताहरु ल्याएर कार्यक्रम गरियो, धेरैपल्ट ठुला राष्ट्रियस्तरका कलाकारहरु ल्याएर तिन चार महिना अघिबाट टिकट बिक्री गरेर साँगीतिक कार्यक्रम गरियो तर विहिबारको कार्यक्रममा जति धनकुटाको टुढीखेलमा कहिल्यै दर्शक आएका थिएनन् । औपचारिक कार्यक्रमहरुमा कहिल्यै नभरिएको धनकुटाको टुढीखेल विहिबार दर्शकले खचाखच मात्र भएन धेरै दर्शकहरु मञ्च अगाडी ठाउँ नभएर टुढीखेल बाहिर बसेर गीत मात्रै सुनेर बाहिरै समुह बनाए छमछम नाचे । उद्योग बाणिज्य सघं धनकुटाको आयोजनमा सन्चालन भईरहेको धनकुटा महोत्सवको नवौ दिन विहिबार भएको प्रसिद्ध गायक राजेश पायल र्राईको गीत सुन्नका लागि यसरी दर्शकहरु ओरीएका हुन् । स्टेजमा उक्लीनसाथ दर्शकहरुको आफुप्रतिको क्रेज देखेपछि राजेशले दर्शकहरुसगँ खुसी बाढे-"म अमेरिका, अष्टे्रलिया, बेलायत धेरै ठाउँ गीत गाउन गए तर मेरो बाबाले केही भन्नु भएन, आज धनकुटा आएको थाहा पाएर युकेबाट फोन गरेर मलाई धन्यवाद छोरा भन्नुभयो कारण यही रहेछ ।" करिब दिउँसो ३ बजे स्टेजमा उक्लिएका राजेश पायल र्राईले गीतकार श्रवण मुकारुङ्गले लेखेको गीत फैलियो माया दुबो सरी बोलको गीतबाट गाउन सुरु गरेर ६ बजेसम्म लगातार १५ वटा गीत गाएका थिए । स्टेजमा राजेशले गीत गाईरहदाँ प्रहरी र स्वमंसेवक समुहको घेरालाई तोडेर पटक पटक दर्शकहरु स्टेजमै उनीसगँ अंगालो मार्न पुगेको थिए । दर्शकतर्फो मञ्चको अगाढी बसेका सरकारी कार्यलयका प्रमुख र राजनैतिकदलका नेताहरुले पनि मोवाईलले फोटो खिच्दै राजेशका गीतमा रमाउँदै थिए । राजेशको गीत सुन्न धनकुटा स्थित प्राय सबै कार्यलय प्रमुख र राजनैतिक दलका नेताहरु उपस्थित भएका थिए ।
राजेश पायलले दर्शकको आफुप्रतिको क्रेज देखेर छिनछिनमा आईलभयु ..... भन्दै गीत गाउँदै थिए । सुरुमा ५/६ वटा गीत गाउने योजना बनाएर स्टेज उक्लिएका राजेशले १५ वटा गीत गाए । बिहीबार नै झापा पुग्नु पर्न थियो उनलाई उनीसगँै आएका साथीले अब गाउन छोड्न आग्रह गर्दा उनले रीसाएर भने-'प्रिल्ज अब एउँटा ।' एउटा एउटा भन्दै उनले १५ वटा गाए । उनले गीत मात्र गाएनन् उफ्री उफ्री नाच्दै पनि थिए । ज्याकेट, र्सट लगाएर स्टेज उक्लेका राजेशले उफ्री उफ्री नाचेपछि गर्मीले ज्याकेट, र्सट खोलेर अन्तमा सानो भेस्टमात्र लगाएर गाउँदै थिए ।
बेलुकासम्म दर्शकहरुको उत्साह थामि नसक्नुको थियो दर्शकहरुले पटक पटक फेरी एउटा भन्दै थिए । धेरैपल्ट बिदा मागे तर दर्शकले गाउन अनुरोध गरेपछि उनले धेरै गीत गाए । उनलाई आफुले कुनकुन गीत गाए त्यो पनि पत्तो थिएन । अघि कुन कुन गीत गाईयो थाहा नै पाईन फेरी दोहोरीन सक्छ अब कुन आउँ भन्नुहोस् (राजेश भन्दै थिए ।
दर्शकहरुको खुसी र उत्साह देखेर गत ४ गतेदेखी सन्चालन भएको धनकृुटा महोत्सवको महत्वपूण्ा दिन भएको आयोजक समितिका अध्यक्ष लालचन गोङबाले बताए । अन्तमा राजेश पायलसगँ आगालो मोरेर आयोजक समितिका अध्यक्ष लालचन गोङबाले मायाको चिनो प्रदान गर्दा राजेश पायल भावुक भएर भने- यो मायालाई म कहिल्यै भुल्दीन ।

No comments: