News

Dec 2, 2008

बन्दको अवज्ञा गर्दा सभामुख नेम्वाङलाई एक घण्टा नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आफू अपहरणमा नपरेको बताउनुभएको छ। संघीय लिम्बुवान राज्यपरिषद्ले सोमबार इलामबाट र्फकने क्रममा नेम्वाङको अपहरण गरेको समाचार आएपछि राजधानी फर्किएलगत्तै पत्रकार सम्मेलन गरी नेम्वाङले सो जानकारी गराउनुभएको हो। सो हल्ला कसरी प्रचारित भयो भन्नेबारे आफैं अचम्ममा परेको उहाँले बताउनुभयो। इलामबाट राजधानी र्फकने क्रममा झापाको चन्द्रगढी आउँदै गर्दा बीच बाटोमा परिषद्का कार्यकर्तासँग भएको हार्दिकतापूवकको भेटलाई अपहरणमा परेको भनी प्रचार भएको उहाँले बताउनुभयो। भेटमा परिषद्का कार्यकर्ताले आफना मागहरू बारेमा संवेदनशील भइदिन सरकारलाई सुझाव पुर्याइदिन आग्रह गरेको जानकारी उहाँले दिनुभयो। उहाँले भेट करिब १० मिनेट मात्र भएको पनि जानकारी दिनुभयो। वार्ताको माध्यमबाट समाधान खोजेमा संविधानसभामार्फ संविधान बनाउन पनि सहज हुने धारणा नेम्वाङले राख्नुभयो र आफूले परिषद्का कार्यकर्तालाई वार्ताको बाटो रोज्न सुझाव दिएको बताउनुभयो।विर्तामोड संवाददाताका अनुसार संघीय लिम्बुवान राज्यपरिषद्का अध्यक्ष सञ्जुहाङ पालुङ्वाले चाहिँ दिउँसो सभामुख नेम्वाङले बन्दको अवज्ञा गरेकाले एक घण्टा नियन्त्रणमा लिएको सञ्चारकर्मीलाई फोनबाट जानकारी गराउनुभएको थियो। उहाँले सभामुख नेम्वाङले माफी मागेपछि रिहा गरेको पनि दाबी गर्नुभएको थियो।

No comments: