News

Dec 2, 2008

सोमबार भूकम्पको धक्का महसुस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोमबार अपराफन ३ बजेर ९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले सो भूकम्प ४ रिक्टर स्केलको भएको जनाएको छ ।उक्त भूकम्पको केन्द्रबिन्दु रसुवा जिल्लाको सारसिन आसपास भएको सो केन्द्रले जनाएको छ ।राजधानीमा समेत सो भूकम्पको महसुस गरिएको भए पनि कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन । भूकम्पको केन्द्रबिन्दु भएको रसुवा र छिमेकी जिल्लाहरूमा समेत भूकम्पबाट क्षति पुगेको जानकारी प्राप्त भएको छैन।

No comments: