News

Dec 2, 2008

कोइराला संसदीय दलको उपनेता प्रस्तावमा सभासद्ले असहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको संसदीय दलको उपनेता चयनसम्बन्धी प्रस्तावमा अन्य सभासद्ले असहमति जनाएका छन्। कोइरालाको प्रस्ताव पारित हुन नसकेपछि संसदीय दलको बैठक यही मंसिर २३ गतेसम्मका लागि स्थगित भएको छ।आफू पार्टी सदीय दलको नेता बन्ने उद्देश्य राखी सो प्रस्ताव राख्नुभएका सभापति कोइरालाले संसदीय दलको विधानको मस्यौदामा उल्लिखित संसदीय दलका नेताले एक उपनेता चयन गर्न सक्ने तर उपनेता चयनलाई संसदीय दलबाट अनुमोदन गराउनुपर्ने प्रावधानलाई परिवर्तन गर्न प्रस्ताव गर्नुभएको थियो।पार्टी सदीय दलको सोमबार बसेको बैठकमा पार्र्टी महामन्त्री तथा विधान मस्यौदा समितिका संयोजक विमलेन्द्र निधीले मस्यौदा सुनाएपछि संसदीय दलको उपनेताको चयनलाई संसदीय दलबाट अनुमोदन गराउनुपर्ने प्रावधानलाई हटाएर विधान पास गर्न कोइरालाले प्रस्ताव गर्नुभयो।सभापति कोइरालाको प्रस्तावविरुद्ध पार्टीनेताहरू प्रदीप गिरी, पूण् बहादुर खड्का, दीपकुमार उपाध्याय, रमेश रिजाललगायतले आŠना विचार प्रस्तुत गरेका थिए। पार्टी सदीय दलको उपनेताको पनि निर्वाचन नै हुनुपर्छ भन्ने विचार राख्दै आएका ती नेताहरूले संसदीय दलको नेतालाई स्वेच्छाचारी हुन नदिनका लागि पनि उपनेताको मनोनयनलाई संसदीय दलले अनुमोदन गर्ने प्रावधान राख्नुपर्ने बताएका थिए।सभापति कोइरालाको स्वास्थस्थिति कमजोर रहेकाले उपनेताले नै संसदीय दलको नेताको सम्पूर्ण जिम्मेवारी संविधानसभाभित्र वहन गर्नुपर्ने अवस्था देखिएकाले पनि सबैले स्वीकार गर्न सक्ने संसदीय दलको उपनेता होस् भन्ने अधिकांश सभासद्को मत देखिएको छ। संसदीय दलको नेतामा कोइराला नै उठ्ने अवस्थामा अन्य कुनै पनि सभासद्ले उम्मेदवारी दिने सम्भावना देखिएको छैन र यस्तो अवस्थामा उपनेता भने सक्षम व्यक्तिलाई बनाउनुपर्ने भएकाले कोइरालाको प्रस्तावमा सहमति जनाउन नसकिने सभासद्हरूको भनाइ छ।आŠनो प्रस्तावको विपक्षमा मत आएपछि सभापति कोइरालाले आधा घण्टाजति सुन्नुभएको थियो तर पनि सहमतिबाट विधान पारित हुने स्थिति नदेखेपछि कोइराला बैठकबाट बाहिरिनुभएको थियो। नेपाली कांग्रेसको संसदीय दलको विधान बनाएर नेता चयन गर्ने कार्य हुन नसक्दा संवैधानिक परिषद् गठन हुन सकेको छैन भने संविधानसभाभित्र पनि पार्र्टी सशाक्त भूमिका निर्वाह गर्न नसकेको सभासद्हरूको गुनासो रहेको छ। यसअघि भएको पार्टी सदीय दलको बैठकमा सभापति कोइरालाले संसदीय दलको नेता आफै भएको बताएपछि पार्टी नेता नरहरि आचार्यलगायतले संसदीय दलको नेता चयन भएको आफूहरूलाई थाहा नभएको र संसदीय दलको विधान पनि पारित नभएको भन्दै कोइरालाको भनाइको प्रतिवाद गरेका थिए।

No comments: