News

Jan 19, 2009

फोरमको अध्यक्षमा पूनः उपेन्द्र यादवलाई नै सर्वसम्मतिबाट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा चौथो र मधेशको सबैभन्दा ठूलो दल मधेसी जनअधिकार फोरमको दोश्रो राष्ट्रिय महाधिवेशनमा पार्टी नेतृत्वको चयनबारे शीर्षस्थ नेताहरुबीच सहमति भएको बताइएको छ।केन्द्रीय नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने युवा नेताहरु भने उक्त सहमति बिरुद्ध उत्रेका छन्। केहिदिन अघिसम्म विभाजनको संघारमा रहेको फोरमका नेताहरुबीच देखिएको एकता दीर्घकालसम्म रहनेमा कतिपयले शंका व्यक्त गरेका छन्। दुई गुटमा विभाजित फोरमका नेताहरु उपेन्द्र यादव र जेपी गुप्ताबीच पद बाँडफाँडमा सहमति भैसकेको बताइएको छ। फोरमको अध्यक्षमा पूनः उपेन्द्र यादवलाई नै सर्वसम्मतिबाट चयन गर्ने सहमति भैसकेको एकजना नेता शरतसिंह भण्डारीले बताए। तर चुनावी प्रकृयाबाट नेतृत्व चयन गर्नुपर्ने माग युवा नेताहरुले गरेका छन्। नेतृत्वको आलोचना गरेको आरोपमा महाधिवेशन प्रतिनिधिबाट निलम्बन गरिएकी एकजना सभासद करिमा बेगमले पार्टीमा रहेर नै संघर्ष गर्ने बताइन्। केन्द्रीय सदस्य पदमा उम्मेदवारीको घोषणा गरेका कैयौं नेताहरुले महाधिवेशनस्थल आसपासमा आफ्ना पोष्टर टाँसेर मत मागेका थिए। तर सोमबार अबेरसम्म पनि चुनावी प्रकृया सुरु भएको थिएन। मधेसी जनअधिकार फोरमको गतिविधिलाई नजिकबाट हेर्दै आएका एकजना सञ्चारकर्मी जितेन्द्र खड्गाले बीबीसीलाई प्रतिकृया दिंदै महाधिवेशनमा हाल देखिएको एकता दीर्घकालिन हुने कुरामा आशंका व्यक्त गरेका छन्।

No comments: