News

Jan 20, 2009

उमा सिंहको हत्याबारे अनुसन्धानका लागि तीनजनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुरकी सञ्चारकर्मी उमा सिंहको हत्याबारे अनुसन्धानका सिलसिलामा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो । प्रहरीले सिरहामा माओवादी कार्यकर्ता श्रवण यादवलाई पक्राउ गरेको छ । उनलाई दुइ दिनअघि प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।यसअघि शनिबार धनुषाकै एक स्थानबाट नेमलाल पासवानलाई पक्राउ गरेको थियो । यसैगरी सोमबार जनकपुरमा विमलेश झा पक्राउ परेका छन् । पक्राउ परेका तीनैजनामाथि अनुसन्धान भइरहेको र उनीहरुको बयानका आधारमा थप खोजबिन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले बताउनुभयो ।हतियारधारी एक समूहले पुस २७ गते राति सिंहमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरी हत्या गरेको थियो ।

No comments: