News

Jan 19, 2009

भारतमा करिब १२ हजार बालबालिका बेचबिखन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय मानवअधिकार आयोगले नेपालबाट छिमेकी मुलुक भारतमा १८ वर्षुनिका वाषिर्क करिब १२ हजार बालबालिका बेचबिखन हुने गरेको जनाएको छ । आयोगले तयार पारेको 'महिला तथा बालबालिका बेचबिखन/ओसारपसार सम्बन्धी प्रतिवेदन' का अनुसार नेपाल र भारतको बीचमा खुला सीमानाका कारण बेचबिखन गर्ने कार्य नियन्त्रण गर्न थुप्रै चुनौती रहेको छ । बेचबिखनमा पर्नेमा बालबालिका, किशोरीदेखि प्रौढसम्म रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ४० प्रतिशत १४ वर्षुनिका बालबालिका रहेका छन् । नेपाली महिलाहरु खाडी मुलुकमा समेत बेचबिखन हुने गरेको बताइएको छ । चेलिबेटी ओसारपसार तथा बेचबिखनविरुद्ध राष्ट्रिय समाधीक्षक पदमा माथेमाले काठमाण्डौ उपत्यकामा रहेका क्याविन तथा डान्स रेष्टुराँमा करिब ४० हजार महिला कार्यरत रहेको र जसमध्ये ५० प्रतिशत चरम यौन शोषणमा पर्ने गरेको बताउनुभयो । 'क्याविन तथा डान्स रेष्टुराँमा कार्यरत महिला यौनशोषण र बेचबिखनमा पर्ने सबैभन्दा बढी जोखिम समूहमा छन्'- उहाँले बताउनुभयो । यसैगरी सो प्रतिवेदनमा डिसेम्बर २००६ देखि जुन २००७ सम्म नेपालबाट १ हजार ३ सय ५५ जना बालबालिका हराएकामध्ये ३६ प्रतिशत फेला पर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालबाट वाषिर्क करिब ५ सय जना महिला हराउने गरेका र ७० प्रतिशत फेला नपर्ने गरेको तथ्य पनि प्रतिवेदनले र्सार्वजनिक गरेको छ । वाषिर्क करिब ७ सय जना बालबालिका र्सकसका लागि भारतमा बेचिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

No comments: