News

Jan 18, 2009

सिहको हत्याको अभियोगमा माओवादी ईलाका इन्चार्ज पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पत्रकार उमा सिहको हत्याको अभियोगमा नेकपा माओवादी सिराहा चार नम्बर ईलाका इन्चार्ज पक्राउ परेका छन । पत्रकार उमा सिहको हत्याका अर्का अभियुक्त पनि समातिएका छन । माघ ५ गते साँझ समातिएका अभियुक्त श्रवण यादव नेकपा माओवादी सिराहा चार नम्बर ईलाका इन्चार्ज हुन । यादव सिराहा बन्दिपुरमा साँझ साढे छ बजे पक्राउ परेका हुन । उनलाई अहिले जनकपुर ल्याउदै गरेको प्रहरीले जानकारी दिएको छ । यादव पूर्व मन्त्री तथा माओवादी नेता मातृका यादवका टाढाका नातेदार हुन । अभियुक्त यादव पत्रकार सिहलाई धम्की दिने मध्य एक भएको स्व सिहले आफन्तलाई पठाएको मेलमा उल्लेख भएको पारिवारिक सुत्रले जानकारी दिएको छ । पत्रकार सिंहको हत्याको अभियोगमा नेमलाल पासवानलाई प्रहरीले माघ ४ गते प्रक्राउ गरीसकेको छ ।

No comments: