News

Jan 20, 2009

नेपालमा 'यौन पर्यटन' को विस्तार भएमा एचआइभी/एड्सको खतरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा 'यौन पर्यटन' को विस्तार भएमा एचआइभी/एड्सको खतरा बढ्ने भएकाले समयमै सतर्कता राख्नुपर्नेमा जोड दिइएको छ । नेपालमा वर्सेनि करिब चार लाख पर्यटक आउने गरेको र मलेसिया, थाइल्याण्ड आदि देशका अत्यन्त सस्तो मूल्यमा यौनकर्मी महिलाहरू आउनसक्ने भएकाले यौन पर्यटनको विस्तार भइ एचआइभी/एड्सको सङ्क्रमण बढ्न सक्ने राजधानीमा आयोजित एक कार्यक्रममा चिन्ता व्यक्त गरियो ।एसियाका लाओस्, भियतनाम, कम्बोडिया र थाइल्याण्ड आदि देशमा यौन पर्यटन वृद्धिसँगै त्यसले ल्याउने संक्रमणलाई कम गर्न राज्यले ठूलो धनराशी खर्च गर्नुपरेको जानकारी पनि कार्यक्रममा दिइएको जानकारी कार्यक्रममा दिइयो । नेपाल एचआइभी/एड्स एलाइन्स र नेपाल पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा एसियामा दश लाख यौनकर्मी रहेको र तिनबाट ७५ लाख मानिसले यौन सन्तुष्टि लिने गरेको जानकारी कार्यक्रममा दिइयो ।नेपालमा तीस हजार यौनकर्मीबाट छ लाखजनाले नियमित यौन सन्तुष्टि लिने गरेको डा. शरदराज वन्तले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले नेपाल प्रवेश गर्ने विन्दुहरूमा एचआइभी/एड्ससम्बन्धी सन्देश दिने पर्यटकहरूको रक्त परीक्षण गर्न सकिने उल्लेख गर्नुभयो ।

No comments: