News

Jan 19, 2009

नेवा: स्वायत्त राज्य प्राप्तका लागि बिशाल रयाली प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेवा: स्वायत्त राज्य प्राप्तका लागि नेवा: स्वायत्त राज्य संयुक्त संघर्ष समितिको आह्वानमा राजधानीमा शुक्रबार दिउसो पहिलोपल्ट लाखौं नेवा:हरुले शान्तिपूर्ण बिशाल रयाली प्रदर्शन गरेका छन । उक्त दिन अघोषितरुपमा काठमाडौं बन्द रहेको थियो भने सो रयालीले अब नेवा:हरु पनि चुप लागेर बस्दैन भन्ने कुरा नेवा:हरुको सहभागिताले प्रष्ट्याएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरलगायत ११ जिल्लाका नेवा: बाहुल्य क्षेत्रलाई समेटी संविधानमा नेवाः राज्य नेपालमण्डल इलाका निर्धारण गरी नेवा: स्वायत्त राज्य बनाउनैपर्ने , नेवा:हरुका साथै सम्पूर्ण जनजातिहरुलाई आ-आफ्नो आदिभुमिमा अग्राधिकार दिनैपर्ने भन्ने माग गर्दै शुक्रबार राजधानीमा निस्किएको बृहत् रयालीले संवैधानिक समितिका सदस्य निलाम्बर आचार्यलाई ज्ञापनपत्र बुझाएको छ। वसन्तपुर कुमारीघर अगाडि दशअवतार मन्दिरमा भेला भई बृहत् रालीका साथ संविधानसभा भवन नयाँबानेश्वर पुगी बुझाइएको ज्ञापनपत्रका साथ नेवाः स्वायत्त राज्य नेपालमण्डलप्रति प्रतिबद्धता जनाउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत ६०१ सभासद्सहितको हस्ताक्षरयुक्त कपडाको तूल रहेको छ। नेवाः राज्य नेपालमण्डलको इलाका लिच्छविकालमा काठमाडौं तीन जिल्ला केन्द्र मानी काभ्रेपलान्चोक, मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, धादिङ, रामेछाप, सिन्धुली, रसुवा र सोलुखुम्बु गरी १३ जिल्लामा ऐतिहासिक, सांस्कृतिक र भौगोलिक अस्तित्व बनाएको बताइन्छ तर वर्तमान नेपालको व्यवहारिकतालाई ध्यानमा राखी उपत्यका र वरिपरिका नेवा:बाहुल्य क्षेत्रलाई नेवाः राज्य नेपालमण्डल इलाका निर्धारण गरिनुपर्ने नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिले जनाएको छ।

No comments: