News

Jan 18, 2009

चर्चित गायक दिपक लिम्बुको कोरियामा पहिलो सास्कृतिक सौगात

लिम्वूवान डट व्लगस्पोट डटकम/गंगा तुम्बाहाङ्फे (द,कोरिया)
नेपालको पहिलो तारा,अहिलेका बहु चर्चित युबा गायक दिपक लिम्बुको कोरियामा पहिलो पल्ट सास्कृतिक कार्यक्रम हुने भएको छ। मिठो स्वोरका धनी दिपक लिम्बु लोक,दोहोरी,पप, आधुनिक,गजल साथै सबै बिधाका गितहरु ओज्पूर्ण रुपले उतिकै मिठासका साथ गाउँन सक्ने खुबी भएका दिपक लिम्बु पहिले पनि कोरियामा एक् धार्मिक् कार्यक्रम्मा आएर एक स्वदेश गान् र येसु सम्बन्धी थुप्रै संगतिहरु गाएर फर्किएकाहुन। उनले,यस कार्यक्रममा भने उनलाई नेपाली तारा बनाउने गीत देखी लिएर अहिलेसम्मका उनका बहु-चर्चित सबै बिधाका गितहरु समयले भ्याएसम्म गाएर दर्सकको दुक्दुकि बन्नेछन। यो अवसर उनलाई यही मिती २००९।१।२६मा राप्ती सम्पर्क मन्च गणतन्त्र कोरियाले गर्न लागेको "राप्ती झङ्कार सास्कृतिक कार्यक्रम" ले उपलब्ध गराएको हो। यस् कार्यक्रममा उनका साथै नेपाल टेलिविजनका ख्यातिप्राप्त हास्य कलाकारहरु केदार अधिकारि, सिताराम् कत्तेल,कुन्जन घिमिरे तथा नेपाली चर्चित् लोक् गायक बिमल् छेत्रीको पनि सहभागिता रहेको छ।

No comments: