News

Jan 18, 2009

सरकार र किरात जनवादी वर्कर्स पार्टीबीच पाँचबुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र पूर्वी पहाडी जिल्लाहरुमा सशस्त्र संघर्षरत किरात जनवादी वर्कर्स पार्टीबीच पाँचबुँदे सहमति भएको छ । धरानमा भएको औपचारिक वार्तामा
सरकारले वर्कसको वार्ता टोलीलाई सुरक्षा प्रदान गर्ने, वर्कर्सले जारी हिसात्मक क्रियाकलाप बन्द गर्ने सहमति भएको सरकारी वार्ता टोली संयोजक एवं शान्ति मन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभयो । प्रभाकरका अनुसार प्रहरी हिरासतमा रहेका वर्कर्सका कार्यकर्ताहरुबारे सरकारलाई जानकारी गराएपछि सरकारले उनीहरुको मुद्दा फिर्ता लिएर रिहा गर्दै जाने पनि सहमति भएको छ । वार्तामा सरकारी वार्ता टोली संयोजक प्रभाकर र वर्कर्सका ५ सदस्यीय टोलीको सहभागिता रहेको थियो ।सरकारी वार्ता टोलीले अहिलेसम्म तराइमा सशस्त्र संघर्षरत चारवटा समूहसँग वार्ता गरिसकेको छ भने अन्य समुहहरुसग पनि अनौपचारिक कुराकानी गरिरहेको जनाइएको छ ।

No comments: