News

Jan 20, 2009

हङकङका गोर्खाली सेक्युरिटीहरु आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
आज च्योङसावानस्थित सेकुरिकर सेन्टरमा धर्ना दिने गोर्खालीहरुको संख्या २५० देखि ३००को हाराहारीमा रहेका छन् । हङकङका विभिन्न पोस्टहरुमा कमसेकम ५० प्रतिशत पोस्टहरु खाली रहेको जनाइएको छ । प्राइभेट घरहरुमा त्यस घरका डोमेस्टिक हेल्परहरुले सेक्युरिटीका कामहरु गरिहेका छन् भने अफिसहरुमा चाइनिजहरुलाई भडताल गरिएको छ । टसमस नभई कन जसरी भए पनि आफ्नो अधिकारको लागि सञ्चालन गरिएको यस आन्दोलन एउटा टुंगोमा नपुगी पछि नहट्ने बताइएको छ । जीफोरयस कम्पनीका उच्च नेपाली पदाधिकारीहरु क्रमशः यमबी गुरुङ, जीबी बुडुजा अनि केबी आलेहरुलाई तल सडकमै आन्दोलनकारीहरुसँग शान्तिपूर्ण वातावरणमा समस्याको हल निकाल्नका लागि अगुवाई गराइएको छ । आन्दोलनकारीहरु आन्दोलनको दोस्रो दिन विहान ०८ बजे नै कम्पनीको हेड क्वार्टरमा भेला भइसकेका थिए ।वार्ता बिनाउपलब्धिपूर्ण तवरले स्थगित भएको छ । प्राप्त जानकारीअनुसार, मागहरुको सम्वोधन नभएकोले गर्दा आन्दोलन जारी रहने गरी वार्ता स्थगित गरिएको छ । आन्दोलनकारी पाँच सदस्यीय टोलीमा क्रमशः विष्णु कुमार गुरुङ, सुरज गुरुङ, भूपेन्द्र गुरुङ, निरज पुन, विकास गुरुङ र तीन सदस्यीय जीफोरयस म्यानेज्मेन्ट टोलीबीच भएको वार्ता, सहमतिमा पुग्न असफल भई ‘बरु राजीनामा देऊ’ भनिएको भन्दै आन्दोलनकारीहरु भोलि तथा पर्सीका दिनहरुमा अझ ज्यादा संख्याका साथीहरुसहित अन्य स्थानीय नेपाली संघ अनि चाइनिज सम्बद्ध संघका प्रतिनिधिहरुलाई एकजुट गराई आन्दोलनलाई निरन्तरता दिने कुराको योजना बुनिएको बारे जानकारीमा आएको छ । त्यस्तै, आज साँझ आठ बजेसम्म कार्यालय धर्ना दिने व्यहोरा सोही जानकारीमा दिलाइएको छ ।

No comments: