News

Jan 18, 2009

हङकङ चुम्लुङले येले तङवे(यलम्वर सम्वत) मनायो

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
१४ जनवरी २००९ को दिन तदनुसार माघ १ गते २०६५ मा लिम्वु तथा किरातहरुले मानिआएको नया" वर्षयेले तङवे(यलम्वर सम्वत) ५०६९ मनाएको समाचार छ । चुम्लुङको अध्यक्ष नीर प्रसाद लिम्वुको अध्यक्षता र सह-सचिव टिका माखिमको सञ्चालन रहेको यस कार्यमा अतिथीहरु क्रमश नेपाली महासंघका अध्यक्ष हेम लिम्वु, जनजाति महासंघको अध्यक्ष भूपेन्द्र चेम्जोङ, पानथर समाजका अध्यक्ष कृष्ण लावती र तेरथुम समाजका अध्यक्ष मदन कन्दङवा रहेका थिए । कार्यक्रममा द्वय अतिथीहरुले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । येले तङवे पौराणिक कथनको आधारमा भएकोले वैज्ञानिक तवरमा किटान गर्नु पर्ने वक्ताहरुको रहेको थियो र यो कुरालाई उजागर गर्दै लिरामो अध्यक्ष दिल पालुङवाले नेपालमा येले तङवेको अध्ययन टोली वनाएको र हङकङ प्रतिनिधी स्वयं उहालाई राखिएको खुलासा गर्दै केही वर्षा यो चासोको समाधान हुने कुरा वताएका थिए । स्मरण रहोसकि नेपाली पात्रोको माघ १ गते येले तङवे अर्थात यलम्वर राजाले काठमाण्डौमा राज्य स्थापना गरेको उपलक्षमा स्थापित सम्वत हो । माघे सक्रान्ती पनि यसै दिन पर्ने हुदा यो सम्वतको महत्व उतिकै छ । नेपालीहरुको प्राचिनकालिन आफ्नै मौलिकताको आफ्नै सम्वत भएकोले देशले प्रयोग गर्दा गौरवको विषय हुने कुरालाई नकार्न सकिदैन ।

No comments: