News

Jan 18, 2009

सार्वजनिक स्थलमा चुम्बन गर्ने जोडीलाई सजाय दिइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेक्सिको सिटी/ सार्वजनिक स्थलमा चुम्बन गर्ने जोडीलाई सजाय दिइने मेक्सिकोको एक सहरका मेयरले चेतावनी दिएका छन् । सार्वजनिक स्थलमा कसैले चुम्बन गरेमा जेल सजायसमेत गर्न सकिने उनले बताएका छन् । केन्द्रीय मेक्सिकोको गुआनाजुआटा सहरको मेयरले सहरमा मूल्य र मान्यता कायम राख्नका लागि चुम्बनलाई सार्वजनिक स्थलमा प्रतिबन्ध गरिएको बताइएको छ । सहरमा सार्वजनिक स्थलमा गाली गर्न, भीख माग्न र सामान बेच्न पनि प्रतिबन्ध लगाइने बताइएको छ । सार्वजनिक स्थलमा चुम्बन गर्दा बालबच्चालाई नराम्रो असर गर्ने मेयरले बताएका छन् । सार्वजनिक स्थलमा चुम्बन गर्नेलाई जरिवाना तिराउनुका साथै तीन दिन जेल चलान पनि गर्ने व्यवस्था गरिएको छ । स्नेह व्यक्त गर्नाका लागि हल्का रूपले चुम्बन वा आलिंगन स्वीकार्य भए पनि सार्वजनिक स्थलमा लामो समयसम्म चुम्बन गरे सजाय हुने गुआनाजुआटा सहरका मेयरले बताएका छन् । तर, विपक्ष दलका नेताले चुम्बनसम्बन्धी नयाँ नियमको विरोध गरेका छन् । यस नियमले समाजलाई तानाशाहीतर्फ धकेल्ने उनीहरूले बताएका छन् ।

No comments: