News

Jan 20, 2009

पुटिनको पेन्टिङ दस लाख डलरमा बिक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेन्ट पिर्टसवर्ग/ रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिनले बनाएको तस्बिर दस लाख १५ हजार डलरमा बिक्री भएको छ । झ्यालबाट हिउँ परेको देखिएको तस्बिर पुटिनले बनाएका थिए । उनको तस्बिरलाई व्यावसायिक पेन्टरले 'फाइनल टच' दिएका थिए । तस्बिरमा पुटिनले आफ्नो हस्ताक्षर गरेका छन् । लिलाम बढाबढमा पुटिनले बनाएको तस्बिर शनिबार बिक्री भएको हो । उनद्वारा सिर्जित तस्बिरलाई 'यो नयाँ कलाकारको कला हो' प्रस्तुत गरिएको थियो । ६ सय २० डलरबाट लिलाम बढाबढ शुरू भएको थियो । पुटिन जुडोका ब्ल्याकबेल्ट खेलाडीसमेत हुन् । तर, उनी कलाकार पनि हुन् भन्नेबारेमा धेरैलाई थाहा थिएन । विक्रेताका अनुसार पुटिनले २० मिनेटमा तस्बिर कोरेका थिए । 'यहाँ भएका पेन्टिङमध्ये पुटिनको पेन्टिङ सबैभन्दा उत्कृष्ट छ,' पुटिनको पेन्टिङ किन्ने मस्कोस्थित 'आवर आर्टिस्ट' ग्यालरीकी प्रवक्ताले भनिन् । मस्कोबाहिर रहेको 'आवर आर्टिस्ट' ग्यालरीले केही दिनभित्रै पुटिनको पेटिङ प्रदर्शनमा राख्ने बताएको छ ।

No comments: