News

Jan 25, 2009

पत्रकार उमा सिंहको हत्याको आरोपमा भाउजु र भदालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पत्रकार उमा सिंहको हत्याको आरोपमा प्रहरीले शनिबार राति उनका भाउजु र भदालाई पक्राउ गरेको छ । जनकपुरबाट खटिएको प्रहरीको विशेष टोलीले सिरहास्थित घरबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उमाकी २७ वर्षीया भाउजु ललितादेवी सिंह र १८ वर्षीय भदा अभिशेष सिंहलाई पक्राउ गरेर जनकपुर पुर्‍याएको छ ।प्रहरीले उनीहरूसँगै उमाका आमा सुशीलादेवी सिंह र दिदीलाइसमेत आवश्यक प्रक्रिया पुरा गर्नका लागि जनकपुर लगेको छ । प्रहरीले यसअघि उमाको हत्याको आरोपमा माओवादी कार्यकर्ता श्रवण यादव, जनकपुरका विमलेश झा र तराइ एकता परिषद्का कार्यकर्ता नेमलाल पासवानलाई पक्राउ गरिसकेको छ ।

No comments: