News

Jan 16, 2009

६ महिना बन्द हड्ताल रोक्न ७ दल सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ पाँच दल र विपक्षी दुई दलबीच सिंहदरबारमा आज बसेको बैठकले कम्तीमा छ महिनासम्म पर्यटन एवम् उद्योगधन्दा बन्द नगर्न सबै पक्षसंग आहृवान गर्ने तथा फोहोर व्यवस्थापनका निम्ति कार्यदल बनाउने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीले मुलुकभित्र देखिएका लोडसेडिङ, राजमार्ग बन्द, बर्डफ्लु रोगसमेतका विषयमा राष्ट्रिय सहमति बन्नुपर्दछ भन्ने आग्रहसहित धारणा राख्नुभएको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीले विश्वासको वातावरण बनाउन गर्नुभएको प्रयासलाई नेपाली काङग्रेसले सकारात्मकरूपमा लिएको उल्लेख गर्दै विगतमा भएका सहमतिको कार्यान्वयन पनि हुनुपर्दछ भन्ने माग पार्टीका तर्फबाट राखिएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत सत्तारुढ दलहरू एकीकृत नेकपा माओवादीका वरिष्ठ नेताहरू, नेकपा एमालेका महासचिव झलनाथ खनाल र मधेसी जनअधिकार फोरम, सद्भावना पार्टी, नेकपा संयुक्तका प्रतिनिधि तथा विपक्षी दल नेपाली काङ्ग्रेस र तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

No comments: