News

Jan 20, 2009

बर्डफ्लुको संक्रमण १० हजार ३५६ वटा पक्षी नष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बर्डफ्लुको संक्रमण देखिएको झापाको काँकडभिट्टामा प्राविधिक टोलीले दुइ दिनयता १० हजार ३५६ वटा पक्षी नष्ट गरेको छ । सोमबार आठ हजार ७५० कुखुरा, ११ हाँस र ११ परेवा नष्ट गरिएको छ भने १ ५८ वटा अण्डा र ८५ किलो कुखुराको दाना नष्ट गरिएको अधिकारीहरुले जनाएका छन् ।यसअघि आइतबार एक हजार ४ सय ७२ कुखुरा, चारवटा हाँस, छ वटा परेवा र ३५८ वटा अण्डा नष्ट गरिएको थियो । प्राविधिक टोलीले प्रभावित क्षेत्र सतिघट्टा, भण्टाखोला, मेचीडाँडा, प्याराभिट्टा र बर्मेली कुखुरा फार्मबाट पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गरेका हुन् ।

No comments: