News

Jan 16, 2009

मोर्चाको महासचिव अविचन्द्र र्इङनाम लिम्वुवान दौडानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
संविधान सभाद्वारा संघीय संरचना निर्माण गर्ने कार्य संविधानत हुने तरखर भैरहेको अवस्थामा विभिन्न संघीयवादी पार्टीहरु आआफ्नो स्वायत्त राज्य निर्माण गराउने सवालमा आ आफ्नो तरिकाले लागिरहेको अवस्थामा लिम्वुवान राष्ट्रिय मोर्चाले पनि लिम्वुवान स्वायत्त राज्य स्थापनाको लागि आफ्नो शक्ति लिम्वुवानमा खन्याउने भएको छ । साथै जसरी भएपनि संविधान सभामा लिम्वुवान लेखाउने कसरत गर्ने रहेको छ । त्यसको लागि लिम्वुवान राष्ट्रिय मोर्चाले महासचिव अविचन्द्र र्इङनामलाई हङकङवाट लिम्वुवान पठाएको छ । उहाले लिम्वुवान गएर लिम्वुवानवादी संगठनहरु तथा संघीयवादी पार्टीहरुसंग सरोकार राख्दै कार्यहरु गर्ने योजना भएको लिम्वुवान राष्ट्रिय मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वुले वताउनु भएको छ । यसरीनै लिरामोले केही समय अघि सदस्य डि.वी. पालुङवालाई पनि पठाएको थियो । विश्वस्त शुत्रको अनुसार संविधानसभामा लिम्वुवान लेखाउन लिरामोले आफ्नो सम्पूर्ण शक्ति खन्याउने भएको वुझिएको छ ।

No comments: