News

Jan 20, 2009

चिनिया कम्पनीले मेलम्ची आयोजनाको सुरुङ बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको प्रमुख संरचनामध्येको २६.५ किमी सुरुङ निर्माणका लागि प्रतिस्पर्धाबाट सबैभन्दा कम बोलपत्र रकम पेस गर्ने चिनियाँ कम्पनी छनौट गरिएको आयोजनाले जनाएको छ । उक्त चिनियाँ कम्पनीमा चाइना रेलवे १५-ब्युरो गु्रप कर्पोरेशन र चाइना सिएमआइआइसी इन्जिनियरिङ कर्पोरेसन-संयुक्त रहेको छ ।उक्त कम्पनीलाई ठेक्का सम्झौता गर्न मेलम्ची खानेपानी विकास समितिको पुस २९ गतेको बोर्ड बैठकले स्वीकृति प्रदान गरेको जनाइएको छ । उक्त ठेक्काको कबोल रकम लगत इष्टिमेट भन्दा ११.४ प्रतिशतले कम छ । आयोजनाको समय तालिका अनुसार उक्त सुरुङ निर्माण ५ वर्षभित्र सम्पन्न हुने छ । सिन्धुपाल्चोकको रिर्वमामा पर्ने मेलम्ची खोलामा इन्टेक बनाइ २६.५ किमी उक्त सुरुङमार्फत काठमाडौं सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी भित्र्याइने बताइएको छ ।

No comments: