News

Jan 18, 2009

बर्डफ्लु नियन्त्रण गर्न राष्ट्रिय अन्तराष्ट्रिय समुदायलाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कृषि तथा सहकारीमन्त्री जयप्रकाशप्रसाद गुप्ताले बर्डफ्लु नियन्त्रणमा सहयोग गर्न राष्ट्रिय अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको छ । विरगञ्जमा आज आयोजित एक कार्यक्रममा मन्त्री गुप्ताले बर्डफ्लु विरुद्ध लड्न रकम आवश्यक परेको भन्दै दातृ निकायलाई सहयोगका लागि आग्रह गर्नुभयो ।बर्डफ्लु डरलाग्दो अन्तराष्ट्रिय समस्या हो, यसको नियन्त्रणका लागि सरकारले चालेको अभियानमा सबैको सहयोग आवश्यक छ,' मन्त्री गुप्ताले भन्नुभयो । संकटग्रस्त घोषित क्षेत्रका बासिन्दालाई पंक्षी नष्ट गर्ने अभियानमा अवरोध नगर्न आग्रह गर्दै उहाले भन्नुभयो र्'बर्डफ्लुविरुद्धको अभियानमा अवरोध खडा गर्न खोजिए कारबाही हुन्छ ।' मन्त्री गुप्ताले बर्डफ्लु नियन्त्रणका लागि सशस्त्र प्रहरी, पशुसेवा विभागका कर्मचारी, स्वास्थ्यकर्मी, विशेषज्ञलाई परिचालन गरिसकिएको जानकारी दिनुभयो ।

No comments: