News

May 4, 2010

मन्त्रीहरुलाई सिंहदरबार प्रवेशमा रोक लगाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्तिपूर्ण ढंगले भइरहेको प्रदर्शनलाई सरकारले बेवास्ता गरेको ठहरसहित एकीकृत नेकपा माओवादीले भालिदेखि आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास नयाँ बजारमा आज बसेको बैठकले आन्दोलनलाई सशक्त बनाउन भोलिदेखि सरकारका मन्त्रीहरुलाई सिंहदरबार प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।बारम्बार गरिएको सहमतिको प्रयास विफल भएको भन्दै माओवादीले आन्दोलन चर्काउने निर्णय गरेको हो। यस्तै बैठकले जबरजस्ती आम नागरिकलाई ल्याएको भन्ने आरोपको खण्डन गरेको छ।बैठकले व्यवस्थापकीय कमजोरीका कारण कतिपय आन्दोलनकारीहरु विरामी भएको भन्दै आन्दोलनकारीहरुलाई उचित व्यवस्था मिलाउने स्वयमसेवकलाई आग्रह गरेको छ।यसैबीच सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच अहिले छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा माओवादीको आन्दोलनका बारेमा छलफल भइरहेको छ।

No comments: