लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५ मे,२०१०,भक्तपुरमा आमहड्तालको समर्थन र विरोधमा जुलुस गोली चलेपछि स्थिति तनावग्रस्त बन्न पुगेको छ । एकीकृत माओवादीले निकालेको जुलुसलाई लक्षित गरी एमाले निकट युथफोर्सका कार्यकर्ताहरुले भक्तपुर नगरपालिका वडा नं ९ मा गोली प्रहार गरेको माओवादीले दावी गरेको छ ।
यद्यपि युथफोर्सले भने माओवादी दावीलाई अस्वीकार गरेको छ । माओवादीले चार राउण्ड गोली र म्यागजिन आफूहरुको नियन्त्रणमा रहेको बताएको छ । उसले पत्रकार सम्मेलनमार्फ नियन्त्रणमा रहेका गोली र म्यागजिन सार्वजनिक गर्ने तयारी समेत गरेको बताइएको छ ।
युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले भने बन्दको प्रतिकारमा उत्रिएका सर्वसाधारणमाथि माओवादीले गोली चलाएको दावी गरेका छन् । घटनाको विरोधमा युथफोर्सले पनि आजै पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।आमहड्तालको समर्थन र विरोधमा जुलुस निस्किएपछि स्थिति तनावग्रस्त बन्न पुगेको छ । प्रदर्शनस्थलमा एक गोली समेत भेटिएपछि जनजीवन आतंकित बन्न पुगेको छ ।
आमहड्तालको विरोधमा निकालिएको जुलुसमा एमाले निकट युवा संघका अध्यक्ष महेश बस्नेतको समेत सहभागिता रहेको थियो । निरन्तरको बन्दले व्यापार व्यवसाय चौपट्ट बनेको भन्दै भक्तपुर नगरका व्यापारी तथा बन्दले दैनिक जीवन कष्टकर बनेको भन्दै र्सवसाधारण जनताले बन्दको तीब्र विरोध गर्दै आएका छन् ।

No comments:
Post a Comment