News

May 4, 2010

मगर भाषाका आदिकविको जीवनमा आधारीत वृत्तचित्र प्रदर्शित

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
३ मे २०१०, मगर भाषाका आदिकवि जीत बहादुर सिंजाली मगरको जीवनमा आधारित “Dead Yet Alive” वृतचित्र हिजो सांझ हङकङको याउमातेइ स्थित हेनरी जी ल्योङग कम्युनिटी हलमा मगर संघ हङकङको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम सहित प्रदर्शन भएको छ ।
कार्यक्रममा आफनो मन्तव्य राख्ने क्रममा वृतचित्रका निर्माता तथा निर्देशक संजोग लाफा मगरले मगरले मगर जातिको योगदानको सहि मूल्याङकन गर्न नसकेको गुनासो गरे। हिजोको मगर र आजको मगरमा आफनो मातृभाषा प्रति खासै चासो र जनचेतना नआएको समेत उनले दावी गरे। मगरहरु आफ्नो भाषा सँस्कृति प्रति चेतनशील र जागरुक भएको भए आज आफ्नो आदिकवीको प्रत्यक्ष भेट गर्न र वृत्तचित्र हेर्न मगरहरु त के गैरमगर नेपालीहरु समेतले हल खचाखच भरिनुपर्थ्यो भन्ने उनको कथन थियो। जब सम्म मगर जातिहरु नीति निर्माण तहमा पुग्दैनन् तब सम्म मगर जातिहरुको हक, अधिकार, भाषा, संस्कार, संस्कृतिहरु सुनिश्चित नहुने उनले बताए । तर मगरहरु जातीय उत्थान भन्दा व्यक्तिगत आक्षेपपूर्ण राजनीतिमा लिप्त भएको उनको भनाई थियो।
मगर साहित्यका प्रथम आदिकवि जीतबहादुर सिंजाली मगरले आफनो मन्तव्यमा आफूले आफनो जीवनमा अध्ययन तथा सामाजिक कार्य र राजनीतिक गतिविधि गर्ने क्रममा भोगेका र आफूसंग संगै हातेमोलो गरेर हिंडने व्यक्तिहरुको पनि स्मरण गरे। उनका सहपाठी मित्रहरु सबैको मृत्यु भैसकेको र तत्कालीन समयको सहपाठीमध्ये आफू मात्रै जीवित रहेको समेत जानकारी गराए। बि. सं. २०१२ सालमा मगर भाषाङ ल्हीङ ड टूक्कौ कीताब र मगर भाषाङ काटसारौ किताब लेखेका कारण तत्कालीन पंचायती शासाकहरु सामु आफ्नै मगर जातिहरुले समातेर तानसेनको प्रहरी थानामा लगेर बुझाएको दुखेसो समेत पोखे।
उक्त किताबहरु सार्वजनीक गरे पश्चात जीत बहादुर सिंजालीमगर ४ दशक सम्म बेपता भएका थिए। मगर साहित्यका प्रथम आदिकवि जीत बहादुर सिंजालीमगर ४ दशक पश्चात पश्मिांचलको गुल्मी जिल्लास्थित ठूलो लुम्पेकमा बि सं २०६२ कार्तिक १२ गते भेटिएका हुन्।
उक्त (Dead Yet Alive) वृतचित्र प्रदर्शनी कार्यक्रमको सभापतित्व मगर संघ हङकङका अध्यक्ष एम बी थापामगरले गरेका थिए भने संचालन महासचिव लालप्रकाश थापामगरले गरेका थिए। उपस्थित समपूर्ण महानुभावहरुलाई उपाध्यक्ष दल चोचाङगी मगरले स्वागत गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि आदिकवि जीतबहादुर सिंजालीमगर थिए भने विशेष अतिथिमा वृतचित्रका निर्माता ताथ निर्देशक एवं थुप्रै मगर फिल्मका निर्माता निर्देशक र नायक संजोग लाफामगर, हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बु, जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङग, युके मगर संघका सचिव पदम गाहामगर र अतिथिहरुमा मगर संघ हङकङका अध्यक्षहरु हुम बहादुर थापामगर, एक बहादुर रानामगर, नेत्र पहराईमगर, किरात राई यायोख्खाका अध्यक्ष किसन राई, मोना हङकङका अध्यक्ष दल सेवुर्जा, पुन मगर समाजका अध्यक्ष राजु गर्वुजा, बौद्ध समाज हङकङका अध्यक्ष डेनी थापा मगर, बौद्ध समाजका अध्यक्ष प्रेम गलामी, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र हङकङ नेपाली डटकमका पत्रकार तुल्सी रानामगर र ईन्द्र एलजी थापामगर लगायत अन्य अतिथिहरु रहेका थिए ।
आफैमा आधारित “Dead Yet Alive” वृतचित्रको उदघाटन मगर साहित्यका प्रथम आदिकवि जीत बहादुर सिंजालीमगरले दियो प्रज्जवलन गरेर गरेका थिए। कार्यक्रममा हङकङनेपाली डटकमका कार्यकारी व्यवस्थापक नेत्र पहराइमगरले हङकङनेपाली डटकमको तर्फबाट आदिकविलाई उपहार प्रदान गरेका थिए। त्यस्तै स्याङजा जिल्लावासी छिमेकीहरुको तर्फबाट पनि उपहार स्वरुप नगद सहयोग प्रदान गरिएको थियो । साथमा अन्य विभिन्न व्यक्ति तथा समुदायबाट पनि उपहारहरु प्रदान गरिएको थियो।

No comments: